सुशान्त सिंह राजपूतको आत्महत्यामा नयाँ मोड

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या मामलामा नयाँ मोड आएको छ । सामाजिक सन्जालमा अभिनेता सुशान्तको मृत्युबारे सिबिआइ जाँच गर्न माग गरिएको थियो । अब यो माग अत्यधिक बढ्न थालेपछि भाजपा नेता सुब्रमण्यम स्वामीले अभिनेता सुशान्तको आत्महत्याबारे सिबिआई जाँच गर्न वकिल नियुक्त गरेका छन् । 

वरिष्ठ भाजपा नेताले एक ट्विट गर्दै लेखेका छन् कि यो घटनामा इशकरण सिंह भण्डारीले सम्भावित सिबिआई जाँचको लागि काम गर्नेछन् ।

यतिमात्र होइन, उनले ट्विटमा सुशान्तको घटनामा बलिउडका तीन खान आमिर खान, सलमान खान र शाहरुख खान चुपचाप किन बसिरहेका छन् भनेर पनि प्रश्न गरेका छन् ।





  • प्रकाशित मिति : असार २७, २०७७ शनिबार १२:४२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया