केकीको खुलासा, ‘मैले विवादित कुरा लेख्छु कि भनेर आमा त्रसित हुनुहुन्छ’

नायिका केही अधिकारीले सामाजिक सञ्जालमा आफूले गल्ती स्टाटस लेख्छु र विवादमा पर्छु कि भनेर आफ्नी आमा डराउने गरेको खुलासा गरेकी छिन् ।

पछिल्लो समयमा अभिनेत्रीहरु दीपाश्री निरौला, वर्षा राउत र पूजा शर्मा चिप्लिँदा दर्शकहरुले नराम्रो गाली गरेकाले आफ्नी आमा त्रसित भएको केकीले खुलासा गरेकी हुन् ।

आज सामाजिक सञ्जालहरुमा स्टाटस पोस्ट गर्दै केकीले भनेकी छिन्, ‘बिगत केही हप्ता यता आमा त्यसै त्यसै त्रसित हुनुहुन्छ । फेसबुकमा खासै सक्रिय हुनुहुन्न आमा तर आजकल हर दिन हर घन्टा उहाँको आँखा अनि ध्यान फेसबुक मै हुन्छ । नसा लाग्यो कि क्या हो आमा भनेर सोधेको, होइन तिमीले केही लेखेकी छौ कि भनेर हेरिराको भन्नुभो ।’

आमाको भनाइ उदृत गर्दै केकी थप्छिन्, ‘अहिले चर्किरहेका विषयमा केही भन्ने वा लेख्ने नगर है भन्नुभो आमाले । सहनै गाह्रो हुने प्रतिक्रिया आउँछन् अनि मेरो मन भतभत पोल्छ भन्नुभो ।’

यस्तो छ केकीको पूरा स्टाटस :


 





  • प्रकाशित मिति : असार २७, २०७७ शनिबार १३:१३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया