सलह नियन्त्रणका लागि नगरपालिकाको ५ लाख बजेट

झापाको अर्जुनधारा नगरपालिकाले सलह कीरा खरिदका लागि पाँच लाख रूपैयाँ बजेट विनियोजन गरेको छ । 


सलहबाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि नगरले बजेट विनियोजन गरेको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिए । 


‘सलह कीरा नियन्त्रण र यसबाट कृषि क्षेत्रमा हुने सम्भावित जोखिम न्यूनीकरणका लागि बजेट छुट्याएका हौँ,’ उनले भने । नगरले सलह समातेर ल्याउनेलाई प्रतिकेजी १ सय  रुपैयाँ दिने योजना बनाएको उनले जानकारी दिए । 

खरिद गरिएको सलह कीरा नगरको कृषि शाखाले प्रतिकेजी ५० रुपैयाँका दरले पशु आहारका लागि दाना उद्योगलाई दिने निर्णय गरेको उनले बताए ।





  • प्रकाशित मिति : असार २७, २०७७ शनिबार १३:१५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया