कोरोनाको स्थिति पत्ता लगाउन ४५ हजारको पिसिआर गर्ने तयारी


समुदायमा कोरोना भाइरसको स्थिति पत्ता लगाउन र समुदायमा संक्रमणको अवस्था पत्ता लगाउन सरकारले देशभर ४५ हजारकोे पिसिआर परीक्षण गर्ने तयारी गरेको छ । 

 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, कोभिड–१९ क्राइसिस म्यानेजम्यान्ट सेन्टरको टिमले देशभरबाट नमुना संकलन सुरु गरिसकेको  बताएको छ । उपत्यकाका विभिन्न स्थानबाट ७ सय ७ नमुना संकलन गरिसकिएको  सेन्टरको भनाइ छ । 


इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले समुदायस्तरमा कोरोना भाइरसको संक्रमण पत्ता लगाउन उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न कार्यालय र स्थानबाट ५ हजार नमूना संकलन गर्ने लक्ष्य राखेको बताएको छ । 

 

देशभर कोरोनाको स्थिति पत्ता लगाउन, कोरोना समुदायमा गए÷नगएको अध्ययन गर्न धेरै मानिसको भीडभाड हुने अस्पताल, बैंक, यातायात कार्यालयका कर्मचारी, सेवाग्राही र अन्य सर्वसाधारण गरी ४५ हजारको नमुना संकलन हुने सेन्टरको भनाइ​ छ ।



 

लकडाउन खुकुलो भएसँगै सबैजसो कार्यालय तथा बजारमा मानिसको चहलपहल बढेको छ । देशभर कोरोना संक्रमितको संख्या घटे पनि काठमाडौं उपत्यकामा भने संक्रमित बढिरहेका छन् । सरकारले  मापदण्ड ल्याई सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने र साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्न आग्रह  गरे पनि विभिन्न स्थानमा देखिएको भीडले नियम पालना गरेको देखिँदैन ।




नेपालमा हालसम्म  पुष्टि भएका कोरोना संक्रमितमा विदेशबाट आएका मानिस बढी देखिएका छन् । तर, केही संक्रमितको कुनै ट्राभल हिस्ट्री नै भेटिएको छैन । यस्तो अवस्थामा संक्रमण समुदायमा गएको हो कि भन्ने आशंकासमेत बढेको देखिन्छ ।
 

  • प्रकाशित मिति : असार २७, २०७७ शनिबार १४:२५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया