अमिताभ बच्चनलाई कोरोनाभाइरस संक्रमण, अस्पताल भर्ना गरियो

बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै उनलाई अस्पताल भर्ना गरिएकोछ । 

उनले सामाजिक सन्जालमार्फत् दिएको जानकारीअनुसार उनलाई मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको हो । 

शनिबार अबेर राति ट्विटरमा उनले लेखेका छन्, ‘मलाई कोरोनाभाइरस परीक्षणमा पोजेटिभ देखिएको छ । अस्पतालमा भर्ना भएको छु ।’ उनले आफू कोरोनाभाइरस संक्रमति पाएसँगै परिवारका अन्य सदस्यको कोरोना परीक्षण गरिएको जानकारी पनि दिएका छन् ।

अनि उनले आफूसँग पछिल्लो १० दिनमा सम्पर्कमा आएका व्यक्तिहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न अनुरोध गरेका छन् ।





  • प्रकाशित मिति : असार २७, २०७७ शनिबार २३:३७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया