बार्सिलोनाको कठिन जित, उपाधि होड कायमै

स्पेनिस ला–लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडमाथि १–० को कठिन जित दर्ता गर्दै उपाधि होडलाई कायम राखेको छ ।

भालाडोलिडको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीलाई जित दिलाउन १५ औं मिनेटमा अर्टुरो भिडालले गरेको एक मात्र गोल पर्याप्त बनेको थियो । उनले कप्तान लियोनल मेसीको पासलाई सदुपयोग गरेका थिए ।

जितँंगै बार्सिलोनाले एक खेल कम खेलेको पहिलो स्थानको रियल म्याड्रिडसँगको अंक दूरी घटाएर १ मा ल्याएको छ ।

बार्सिलोनाको ३६ खेलबाट ७९ अंक हुँदा रियलको ८० अंक छ । पराजित भालाडोलिड ३६ खेलबाट मात्र ३९ अंक जोड्दै लिगको १४ औं स्थानमा छ ।

गएराति नै भएका अन्य खेलमा ओसासुनाले सेल्टा भिगोमाथि २–१ को जित हात पार्दा एथ्लेटिको म्याड्रिडले रियल बेटिसलाई १–० ले पराजित ग¥यो । 


 





  • प्रकाशित मिति : असार २८, २०७७ आइतबार ७:१५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया