अमिताभलाई कोरोनाः कुनै लक्षण देखिएको थिएन

बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा तथा अभिनेता अभिषेक बच्चनलाई कोरोनाभाइरस संक्रमण भएको शनिबार पुष्टि भयो । उनीहरुलाई तत्काल अस्पताल भर्ना पनि गरियो । तर, यसबारे जानकारी खासै बाहिर आएको थिएन । अमिताभले नै एक ट्विट गर्दै आफूलाई कोरोनाभाइरस पुष्टि भएको बताएका थिए । 

त्यसलगत्तै अभिषेकले पनि ट्विट गरेर आफूलाई पनि कोरोनाभाइरस संक्रमण भएको बताएका छन् । 

अधिकारीहरुका अनुसार अमिताभ बच्चनलाई असिम्पोमेटिक अर्थात् कुनै लक्षण नदेखिएको कोरोनाभाइरस संक्रमण भएको थियो । 

७७ वर्षका अमिताभ बच्चन विगत पाँच दशकदेखि बलिउडसँग जोडिएका छन् । उनले दुई सयभन्दा धेरै फिल्ममा अभिनय पनि गरिसकेका छन् । उनका छोरा अभिषेकले पनि पचासभन्दा धेरै फिल्ममा काम गरिसकेका छन् ।

यी दुईलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै बलिउडका विभिन्न कलाकारले उनीहरुलाई छिटो ठिक होस् भन्दै कामना गरेका छन् ।





  • प्रकाशित मिति : असार २८, २०७७ आइतबार ७:३७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया