लिग लिडर युभेन्टस बराबरीमा रोकियो

इटालियन सिरी ए फुटबलअन्तर्गत गएराति भएको खेलमा लिग लिडर युभेन्टस र तेस्रो स्थानको एटलान्टाले २–२ को बराबरी खेलेका छन् ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टसका लागि दुबै गोल क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गरेका थिए । पाहुना टोलीका लागि भने दुभान जापाटा तथा रुस्लान मालिनोभस्कीले १–१ गोलको योगदान दिए ।

खेलको १६ औं मिनेटमा अलेक्जान्ड्रो गोमेजको पासलाई सदुपयोग गर्दै जापाटाले पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।

५५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै युभेन्टसलाई बराबरीमा ल्याए । एटलान्टाका मार्टिन डि रोनले डिबक्स भित्र ह्यान्ड गरेपछि युभेन्टसले पेनाल्टीको अवसर पाएको थियो ।

८० औं मिनेटमा लुइस मुरिलको पासलाई सदुपयोग गर्दै मालिनोभस्कीले पाहुना टोलीलाई पुन : अग्रता दिलाएका थिए ।

तर, खेलको ९० औं मिनेटमा पुनः पाएको पेनाल्टीलाई सदुपयोग गर्दैै रोनाल्डोले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याएका थिए ।



एटलान्टाका मुरिलले डि बक्स भित्र ह्यान्ड गरेपछि युभेन्टसले दोस्रो पेनाल्टी पाएको थियो ।

बराबरीसँगै युभेन्टसले दोस्रो स्थानको लाजियोसँगको अंक दूरी ८ मा पु¥याएको छ । समान ३२ खेल खेलेको युभेन्टसको ७८ अंक हुदा लाजियोको ६८ अंक छ ।



एटलान्टा पनि समान खेलबाट ६७ अंकको साथमा तेस्रो स्थानमा छ ।

गएराति नै भएको अर्को खेलमा लाजियो सासोउलोसँग २–१ ले पराजित हँुदा रोमाले बेरिसियामाथि ३–० को जित निकाल्यो ।
 

  • प्रकाशित मिति : असार २८, २०७७ आइतबार ७:३८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया