योगी मुख्यमन्त्री भएपछि १२२ इन्काउन्टर, १४ हजार डन समातिए

भारतको उत्तर प्रदेशमा योगी आदित्यनाथ मुख्यमन्त्री भएपछि प्रहरीसँगका मुठभेड निकै बढेका छन् । त्यहाँ यो समयमा १ सय २२ जनाको इन्काउन्टरमा नै ज्यान गएको छ । अनि यी घटनामा १३ जना प्रहरीले पनि ज्यान गुमाएका छन् । 

प्रहरीमा दर्ता भएको तथ्यांकअनुसार २० मार्च २०१७ देखि १० जुलाई २०२० सम्म प्रहरी र अपराधीहरुबीच ६ हजार १ सय २६ पटक मुठभेड भएको छ । त्यसमा १ सय २२ अभियुक्त मारिएका छन् । अनि २२९३ अभियुक्त घाइते भएका छन् । 

यस्ता घटनाबाट प्रहरीले १३ हजार ३ सयभन्दा धेरै अभियुक्तलाई पक्राउ गरेको छ । यो समयमा नै उत्तर प्रदेशमा मात्र १३ प्रहरी मारिएका छन् । 





  • प्रकाशित मिति : असार २८, २०७७ आइतबार ८:२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया