बलिउड अभिनेता अमिताभ बच्चन तथा अभिषेक बच्चन कोरोनाभाइरस संक्रमित पाइएपछि उनको परिवारको पनि कोरोना परीक्षण गरिएको थियो । अब अमिताभ पत्नी जया र अभिषेक पत्नी ऐश्वर्या राय बच्चनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
भारतीय मिडियामा आएको समाचारअनुसार परिवारका अन्य सदस्य र कर्मचारीको कोरोनाभाइरस परीक्षण पनि गरिएको छ । तर, उनीहरुको रिपोर्ट आइसकेको छैन ।
१० दिनअघि अमिताभ र अभिषेक बच्चन स्टुडियो जनकमा पुगेका थिए । कामका लागि गएका उनीहरुमा केही दिनमा कोरोनाभाइरसको लक्षण देखिन थालेको थियो । अनि टेस्ट गर्दा उनीहरु दुवै संक्रमित पाइएका हुन् ।
शनिबार राति अमिताभ र अभिषेक दुवैले ट्विटरबाट आफूहरु अस्पताल भर्ना भएको जानकारी दिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।