विश्व महामारी कोरोनाभाइरस (कोभिड १९)का कारण विश्वभर १ सय ८१ जनाले ज्यान गुमाएका छन् । नेपालमा मात्र आइतबार विहानसम्म कोरोनाभाइरसका कारण ३८ जनाले ज्यान गुमाइसकेका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले दिएको जानकारीअनुसार पछिल्लो एक साता विदेशमा कोरोनाभाइरसका कारण कुनै नेपालीको निधन पनि भएको छैन । साथै, एनआरएनएले विश्वमा ९२ प्रतिशत नेपालीले कोरोनाभाइरसलाई जितेको पनि तथ्यांक प्रस्तुत गरेको छ ।
एनआरएनएले कोरोनाबारे बनाएको समितिका संयोजक डा. सन्जीव सापकोटाले दिएको जानकारीअनुसार विश्वभर अब २९ हजार ६ सय २४ जनामा २७ हजार ३ सयभन्दा धेरै नेपालीले कोरोनाभाइरस जितेका छन् । नेपालको तथ्यांकसमेत जोड्दा विश्वभर ४६ हजार ३ सय ४६ जना कोरोना संक्रमित पाइएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।