कस्तो छ कोरोना संक्रमित अमिताभ बच्चनको अवस्था ?

बलिउड मेगास्टार अमिताभ बच्चन कोरोनाभाइरस संक्रमित पाइएपछि अहिले अस्पतालमा उपचाररत छन् । उनलाई मुम्बईको नानाभाती अस्पतालमा भर्ना गरिएको छ । शनिबार मात्र उनलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो ।

अभिताभले आफ्नै ट्विटरबाट यो खबर बाहिर ल्याएका थिए । उनले ट्विटरमा लेखेका थिए, ‘मलाई कोरोनाभाइरस संक्रमण भएको छ । अस्पतालमा लगिएको छ र अस्पतालले अधिकारीहरुलाई जानकारी दिएको छ । परिवारका सदस्यहरुको पनि कोरोनाभाइरस परीक्षण हुने भएको छ ।’

अभिताभले यो खबर सार्वजनिक गरेको केही समयमा नै उनका छोरा तथा अभिनेता अभिषेक बच्चनमा पनि कोरोनाभाइरस संक्रमण भएको पाइएको छ ।

अभिषेकले पनि ट्विटरबाट यो खबर सार्वजनिक गरेका थिए ।

अब नानाभाती अस्पतालमा उनीहरुको अवस्था कस्तो छ त ? 

भारतीय मिडिया इन्डियनएक्सप्रेसडटकममा आएको समाचारअनुसार अभिताभ र अभिषेक दुवैको अवस्था अहिले सामान्य छ । अस्पतालका अधिकारीहरुलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले यो समाचार तयार पारेको छ । 



अमिताभ बच्चनले पछिल्लो पटक गुलाबो सिताबो फिल्ममा आयुष्मान खुरानासँगै काम गरेका थिए । कोरोनाभाइरसका कारण यो सफल्म अमेजन प्राइम भिडियोमा लन्च गरिएको थियो । 

अब अमिताभका तीन फिल्म रिलिजको तयारीमा छन्– चेहेरे, ब्रह्मास्त्र र झुन्ड । बिग बी भनेर पनि चिनिने अमिताभले कौन बनेगा करोडपतिको १२ सिजनका लागि अडिसन पनि सुरु गरेका थिए ।



  • प्रकाशित मिति : असार २८, २०७७ आइतबार ९:७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया