इरानले अब लकडाउनको जोखिम नलिने

इरानी राष्ट्रपति हसन रुहानीले देशमा कोरोनाभाइरस संक्रमितको संख्या पछिल्लो समय निकै बढ्दै गएको बताएका छन् । तर, पनि देशको अर्थतन्त्रमा ठूलो क्षति पुग्ने भएकाले अब कोरोना रोक्नकै लागि लकडाउन लगाउने विषयमा पनि आफूले नसोचेको बताएका छन् । 

अधिकारीहरुका अनुसार इरानमा पछिल्लो २४ घन्टामा १८८ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । यही समयमा इरानमा २ हजार ३ सय ९७ जना नयाँ कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

कोरोना महामारी सुरु हुनुभन्दा पहिले नै इरानले विभिन्न प्रतिबन्धको सामाना गरिरहेको थियो । कोरोना संक्रमण रोक्न इरानमा लगाइएको लकडाउन अप्रिलमा हटाइएको थियो ।





  • प्रकाशित मिति : असार २८, २०७७ आइतबार ९:१७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया