जनता समाजवादीले पायो दलको आधिकारिक मान्यता

काठमाडौँ– निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)लाई दलको आधिकारिक मान्यता दिएको छ । आयोगले आइतबार सो दललाई ‘जनता समाजवादी पार्टी’को आधिकारिकता दिएको हो ।

महन्थ ठाकुरको संयोजकत्वको राजपा र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी एकताको भएर जनता समाजवादी बनेको हो । गत वैशाख ८ गते सरकारले दल विभाजन गर्न सहज हुने गरी अध्यादेश ल्याएपछि यी दुई पार्टी एकीकृत बनेका थिए ।

जसपाले यसअघि असार २४ गते निर्वाचन चिह्न र झण्डा पाइसकेको छ । जसपाका दुई अध्यक्ष ठाकुर र यादवले संयुक्त विज्ञप्ति प्रकाशित गरेर दल दर्ता प्रमाणपत्र र आधिकारिक पत्र प्राप्त गरेको जनाएका छन् ।





  • प्रकाशित मिति : असार २८, २०७७ आइतबार १७:३२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया