फेरि नेपाल भित्रिए सलह, १, २ र ५ प्रदेशमा सतर्कता अपनाउन आग्रह

काठमाडौ– भारतको उत्तर प्रदेशका सीतापुर र बहराइचबाट नेपालमा फेरि सलह भित्रिएको छ । यसअघि असार दोस्रो साता पहिलोपटक भित्रिएका सलह नेपालमा अनुकूल वातावरण नभएका कारण मरेका थिए । 

तर, आइतबार फेरि नेपालको दाङमा सलह आइपुगेका कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ । आइतबार बिहान साढे ९ बजे सलह दाङको गढवा गाउँपालिका प्रवेश गरेको र पुनः दिउसो १ बजे राप्ती नगरपालिकाको आकाशमा सलह किरा देखिएको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीका जानकारी दिएका छन् । 

दाङका स्थानीयहरुले लखेटेपछि सलह उत्तरपूर्वतिर लागेको सूचना प्राप्त भएको जनाउँदै मन्त्रालयले प्युठान अर्घाखाँचीलगायत जिल्लामा सतर्कता अपनाउन आग्रह गरेको छ । प्रदेश नम्बर १, २ र ५ का तराई क्षेत्रमा पनि सलह आउन सक्ने सम्भावना भएको भन्दै आवश्यक सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।





  • प्रकाशित मिति : असार २८, २०७७ आइतबार १७:५९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया