नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले आदिकवि नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको स्मरण गरेका छन् ।
२०७ औँ जन्मजयन्तीको अवसरमा आज बिहान ट्विट गर्दै राजदूत बेरीले भानुक्तलाई सम्झिएका हुन् ।
राजदूत बेरीले नेपाल आउनुअघि देखि आफूले भानुभक्तको नाम बारम्बार सुनेको बताएका छन् ।
‘नेपाल आउनुअघि मैले नेपाली भाषाको कक्षा लिएको थिए । सो वेला मैले सबैभन्दा धेरैपटक सुनेको नाम आदिकवि भानुभक्त आचार्यको थियो’, उनले लेखेका छन्, ‘आदिकविकोे २०७ औँ जन्मजयन्तीका अवसरमा खुलासा गर्न चाहन्छु, नेपालका विभिन्न ठाउँमा भ्रमण गर्ने क्रममा मैले उहाँका अन्य धेरै साहित्य रचनाबारे जानकारी लिएको छु ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।