पहिरोमा पुरिएर तनहुँमा ६ जनाको मृत्यु, ५ बेपत्ता

गएरातिबाट भएको अविरल वर्षाले तनहुँका विभिन्न स्थानमा पहिरोमा पुरिएर छ जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् ।

व्यास नगरपालिका–५ मा पाँच जना र माग्दे गाउँपालिकामा एक गरी छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बेपत्ता हुनेमा रिसिङ गाउँपालिकाका पाँच जना छन् ।

रिसिङ गाउँपालिकाका–८, पल्ट्याङका एकै घरको पाँच जना, व्यास नगरपालिका–९, माझकोटमा घर भत्किएर चार जना र व्यास नगरपालिका–९ कै एक वृद्धा पुरिएको प्रहरीले जनाएको छ ।

बुल्दी खोलामा ठूलो बाढी आउँदा मालेबगर, सिमलाटार, करमकाठ, बसपार्क वरपरका दुई दर्जन बढी घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 





  • प्रकाशित मिति : असार २९, २०७७ साेमबार १२:२८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया