भारतीय हस्तक्षेपका कारण तराई क्षेत्र डुबानमाः गृहमन्त्री थापा

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा बादलले भारतीय हस्तक्षेपका कारण नेपालको तराई क्षेत्र डुबानमा परेको बताएका छन् । थापाले सोमबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सो कुरा बताएका हुन् । 

भारतले बनाएको बाँधका कारण तराई क्षेत्र डुबानमा परेका जानकारी गराउँदै गृहमन्त्री थापाले भारतले नेपाललाई असर पुग्नेगरी बाँध बनाउनु एक किसिमको हस्तक्षेप भएको बताएका थिए । भारतले बाँध बनाएर त्यसको निकास दिनुपर्नेमा एकतर्फी रुपमा बाँध बनाएर आफ्नो हितमा प्रयोग गरेको बताए । 

सो समस्या सुल्झाउन नेपाल सरकारले निरन्तर पहल गरेको तर सार्थकता नपाएको बताए । भारतीय प्रधानमन्त्री नेपाल आएका बेला कार्यदल बनाए पनि उनीहरूले त्यसको कार्यान्वयन नगरेको उनको भनाइ छ । 

बाढीपहिरो र डुबान रोक्नका लागि सरकारले उपयुक्त नीति योजना बनाउन आवश्यक रहेको गृहमन्त्री थापाले बताए । 





  • प्रकाशित मिति : असार २९, २०७७ साेमबार १६:१८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया