काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा पाँच वर्ष सरकार सञ्चालन हुने हो भने नेकपाले हासिल गरेको उपलब्धि गुम्ने बताएका छन् ।
सहाना प्रधान स्मृति प्रतिष्ठानले सोमबार आयोजना गरेको जुम मिटिङमा बोल्दै खनालले यसरी नै ओलीले सरकार सञ्चालन गरिरहे प्राप्त उपलब्धि गुम्ने खतरा रहेको औँल्याए ।
नयाँ ढंगले सोचेर सुधार नगर्ने हो भने जनमत समाप्त हुने दाबी गर्दै उनले त्यस्तो गर्न सक्यो भने मात्रै पुनर्जीवन पाउने सम्भावना रहेको दाबी गरे ।
अहिले जारी स्थायी कमिटीको बैठकमा उतारचढाव देखिए पनि चाँडै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गर्दै खनालले ओलीले कुनै विषयमा पनि पार्टीमा संस्थागत रुपमा छलफल नगराई एकलौटी ढंगले अघि बढ्दा यो समस्या आएको आरोप लगाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।