बाढी र पहिरोबाट भएको जनधनको क्षतिप्रति पूर्वराजाद्वारा दुःख व्यक्त

काठमाडौ– पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी र पहिरोबाट देशभर पुगेको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले शोक, वियोग, ब्यथा र वेदनाको यो स्थितिमा सबैबाट सबैको राहत, उद्धार र उपचार होस भन्ने कामना पनि गरेका छन् ।

पूर्वराजाले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘बाढी पहिरो र डुबानबाट धेरैले ज्यान गुमाएको, घाइते हुनु परेको, आफ्नो घर, गोठ तथा जायजेथा गुमाउनुपरेको र धेरै घरवारविहीन भएको सुन्दा, देख्दा र बुझ्दा अत्यन्त दुःख लागेको छ ।’ 

विनाशको समयमा पर्याप्त सहयोग, सुव्यवस्था तथा निगरानी पुर्याउन आग्रह गर्लै उनले नेपालजस्तो पर्वतीय मुलुकमा बाढी, डुबान र भू–क्षयको जोखिम हरेक वर्ष हुने प्रक्रिया भएको उल्लेख गरेका छन् । उनले रोकथाम र सजगताको निम्ति समयमै पर्याप्त ध्यान दिन सके क्षति न्यूनीकरणमा योगदान पुग्ने  बताएका छन् ।

विज्ञप्तिमा उनले प्रतिकूल प्रकृतिका कारण उत्पन्न प्रकोप र पीडाबाट जनताले मुक्तिको सास फेर्न पाऊन् भन्ने कामना गर्दै पीडित सबैमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।





  • प्रकाशित मिति : असार २९, २०७७ साेमबार २१:२०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया