मन्त्री ढकालको दाबीः पिसिआरको दायरा घटाइएको छैन

काठमाडौ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयलाई पुनर्संचनासहित नमुना बनाउने बताएका छन् । मन्त्रालयमा स्वास्थ्यसँग सम्बन्धित विभिन्न संस्था र ट्रेड युनियनका प्रतिनिधिसँगको छलफलमा आज मन्त्री ढकालले नीति तथा कार्यक्रममा उल्लेख भएका विषय कार्यान्वयनमा लैजाने बताए ।

मन्त्री ढकालले हाल मन्त्रालयको नेतृत्व गरेकै कारण विभिन्न स्वार्थ समूहको निशानामा परेको र त्यसको आफूले दृढतापूर्वक सामना गर्ने बताउँदै नमुना बनाएर सबैले असल मनसायले काम गर्नुपर्ने जनाए । उनले भने, ‘स्वास्थ्यमा आमूल परिवर्तनका लागि कोभिड–१९ ले केही असहजता सिर्जना गरेको भए पनि आफूले स्वास्थ्य मन्त्रालय नमुना बनाएर मात्र अरूलाई हस्तान्तरण गर्नेछु ।’

मन्त्री ढकालले स्वास्थ्यको क्षेत्रमा इतिहासकै सबैभन्दा उत्कृष्ट नीति तथा कार्यक्रम आएको भन्दै यसको कार्यान्वयनमा सबै सङ्घसंस्थाले पनि सकारात्मक साथ दिनुपर्ने जनाउँदै मन्त्री ढकालले भने, ‘परिवर्तन नचाहने मन्त्रालयभित्रै पनि छन्, बाहिर पनि छन्, तर म यसपटक यो देशमा स्वास्थ्य मन्त्रालय पनि छ भन्ने अनुभूति दिलाउने गरी काम गर्छु ।’
 
उनले पिसिआरको दायरा नघटाइएको भन्दै अहिले २५ ल्याबबाट दैनिक १० हजारको नमुना परीक्षण गर्नसक्ने गरी क्षमतावृद्धि गरिएको बताए ।





  • प्रकाशित मिति : असार २९, २०७७ साेमबार २१:३१:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया