युरोपियन फुटबलको सर्वोच्च निकाय युरोपेली फुटबल महासंघ (युइएफए) ले इंग्लिस क्लब म्यानचेस्टर सिटीमाथि लगाएको २ बर्षको प्रतिबन्ध आज हटेको छ । कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट (कास)ले प्रतिबन्ध खारेज गरिदिएको हो ।
युइएफएले गतको फेबु्रअरीमा क्लब लाइसेन्सिङ तथा फानान्सियल फेयर प्लेको नियम उलङ्घन गरेको भन्दै कुनै पनि युरोपेली क्लब प्रतियोगितामा २ वर्षसम्म सहभागि हुन नपाउने गरी प्रतिबन्ध र ३० मिलियन युरो जरिवानाको घोषणा गरेको थियो ।
सन् २०१२ देखि २०१६ सम्म क्ललाई आएको प्रायोजन तथा लेखा परीक्षणमा व्यापक अनियमितता भएको र सिटीले त्यसबारे अनुसन्धान गर्न समन्वयात्मक भूमिका नखेलेको आरोप युइएफएले लगाएको थियो ।
सिटीले आफूमाथि लागेको आरोप निराधार भएको भन्दै कासमा अपिल गरेको थियो । कासले सिटीको अपिललाई सदर गर्दै प्रतिबन्ध फुकुवा तथा ३० मिलियन युरो जरिवाना घटाएर १० मिलियन मात्र तोकिदिएको छ ।
प्रतिबन्ध फुकुवासँगै सिटीले अब सबै युरोपेली क्लब फुटबल प्रतियोगिता खेल्न पाउने भएको छ । सिटीको च्याम्पियन्स लिग पक्का भइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।