म्यानचेस्टर युनाइटेड बराबरीमा रोकियो

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड र साउथह्याम्टनले २–२ को बराबरी खेलेका छन् ।

युनाइटेडको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीका लागि मार्कोस रासफोर्ड र एन्थोनी मार्सियलले १–१ गोलको योगदान दिँदा पाहुना टोलीका लागि स्टुआर्ट आर्मस्ट्रङ तथा मिकेल ओबाफेमीले १–१ गोलको योगदान दिए ।

खेलको १२ औं मिनेटमा आर्मस्ट्रङले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । उनले नाथन रेडमोन्डको पासलाई सदुपयोग गरेका थिए ।

२० औं मिनेटमा रासफोर्डले मार्सियलको पासलाई सदुपोग गर्दै युनाइटेडलाई बराबरीमा ल्याएका थिए । २३ औं मिनेटमा मार्सियलले ब्रुनो फर्लान्डेजको पासलाई गोलमा परिणत गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

९० औं मिनेटमा ओबाफेमीले जान बेडनारिकको पासलाई सदुपयोग गर्दै पाहुना टोलीलाई बराबरीमा ल्याएका थिए ।

बराबरीसँगै युनाइटेडले महत्वपूर्ण ३ अंक गुमाउँदै लिगको तेस्रो स्थानमा उक्लने अवसर खेर फालेको छ ।



युनाइटेड ३५ खेलबाट ५९ अंक जोड्दै पाँचौ स्थानमा छ । चौथो स्थानको लेस्टर सिटीसँग समान अंक भएता पनि युनाइटेड गोल अन्तरमा पछि परेको हो । साउथह्याम्टन समान खेलबाट ४५ अंकका साथ १२ औं स्थानमा छ ।

यो नतिजाले च्याम्पियन्स लिग दौडमा रहेका तेस्रो स्थानको चेल्सी तथा चौथो स्थानको लेस्टर सिटीलाई फाइदा पुगेको छ । समान खेल खेलेका चेल्सीको ६० तथा लेस्टरको ५९ अंक छ ।



 

  • प्रकाशित मिति : असार ३०, २०७७ मंगलबार ७:५९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया