मंगलबार ५ अंकले बढ्यो बजार, कारोबार रकम अर्बनजिक

अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ५ अंकले वृद्धि भएको छ । मंगलबार नेप्से १ हजार ३४७ दशमलव ४४ विन्दुमा पुगेको छ ।  दिनभरको कारोबारमा १८६ कम्पनीको ९९ करोड ४५ लाख रुपैयाँबरावरको शेयर खरीदविक्री भएको छ । 


पछिल्लो समय प्रतिदिन झिनो अंकले बढिरहेको सेयर बजारमा मंगलबार ७ समूहको परिसूचक ओरालो लाग्दा ५ समूहको परिसूचक भने उकालो लागेको छ । जसमा सबैभन्दा बढी गिरावट उत्पादन मुलक समूहको परिसूचकमा आएको छ । 

मंगलबार उत्पादनमुलक समूहको परिसूचक करिव २४ अंकले ओरालो लाग्दा जिवन बीमा समूहको परिसूचक १९ अंकले घटेको छ । यस्तै व्यापार समूहको परिसूचकमा १४ अंकको  तथा फाइनान्स समूहको परिसूचकमा ४ अंकको गिरावट आएको छ । साथै निर्जीवन बीमा समूहको परिसूचकमा पनि मंगलबार ६ अंकको गिरावट आएको छ ।

 बजारमा धेरै प्रभुत्व रहेको बैंकिङलगायत होटल, हाइड्रोपावर, म्युचुल फण्ड तथा माइक्रो फाइनान्स समूहको परिसूचक भने उकालो लागेका छन् । मंगलबार बैंकिङ समूहको परिसूचक ४ अंकले उकालो लाग्दा होटल समूहको परिसूचकमा भने ५५ अंकको उछाल आएको छ । यस्तै माईक्रोफाईनान्स समूहको परिसूचक ६४ अंकले उकालो लाग्दा हाईड्रोपावर समूहको परिसूचक २ अंकले उकालो लागेको छ । 


मंगलबार एनआइसी एशिया ब्यालेन्स फण्डको १० प्रतिशत, एनआइसी एशिया लघुवित्तको १० प्रतिशत, नबिल ब्यालेन्स फण्डको ९ दशमलव ९९ प्रतिशत, नेपाल सेवा लघुवित्तको ९ दशमलव ९७ प्रतिशत, घोडीघोडा लघुवित्तको ९ दशमलव ९५ प्रतिशत, गुराँस लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९० प्रतिशत र महिला सहयात्रा माइक्रो फाइनान्सको ९ दशमलव ८० प्रतिशतले वृद्धि भएको हो ।

त्यस्तै, समृद्धि फाइनान्सको शेयर मूल्य ६ दशमलव ६७ प्रतिशतले घटेको छ भने राधी विद्युत् कम्पनीको ५ दशमलव शून्य ३ प्रतिशत र युनाइटेड फाइनान्सको ४ दशमलव शून्य ७ प्रतिशतले घटेको छ ।





  • प्रकाशित मिति : असार ३०, २०७७ मंगलबार १६:२१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया