काठमाडौं– प्रधानमन्त्री केपी शर्मा अोलीले सोमबार भगवान् राम र उनको जन्मभूमि अयोध्याबारे दिएको अभिव्यक्तिको उनकै पार्टीका शीर्षस्थ नेताले विरोध जनाएका छन् ।
यसबारे नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीले सो अभिव्यक्ति फिर्ता लिएर जनतासँग माफी माग्न आग्रह गरेका छन् । यसले हिन्दू अनुयायीलाई चोट पुर्याएको ठहर गर्दै गौतमले प्रधानमन्त्रीलाई सो आग्रह गरेका हुन् ।
भानु जयन्तीका अवसरमा सोमबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अयोध्या नेपालको ठोरीमा पर्ने र रामको जन्मभूमि नेपाल नै भएको दाबी गरेका थिए । प्रधानमन्त्रीको सो भनाइपछि भारत र नेपालको राजनीतिक वृत्त तरंगित भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।