कोरोनाभाइरसः भारतमा बिहारले फेरि लगायो पूर्ण लकडाउन

कोरोनाभाइरस संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि भारतमा बिहार राज्यले फेरि लकडाउन लगाउने फैसला गरेको छ । 

समाचार एजेन्सी पिटिआईका अनुसार बिहारका उपमुख्यमन्त्री सुशील कुमार मोदीले बिहारमा अब १५ दिनको लकडाउन लगाउने निर्णय गरेको जानकारी दिएका छन् । उनले १६ देखि ३१ मेसम्म पूर्ण लकडाउन लगाउने बताएका छन् । 

पछिल्लो समय बिहारमा २४ घन्टामा १४३२ जना कोरोनाभाइरस संक्रमित भेटिएका थिए । अहिलेसम्म बिहारमा कोरोनाभाइरस संक्रमितको संख्या १८ हजार ८ सय ५३ पुगेको छ भने १६० जनाले बिहारमा कोरोनाका कारण ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : असार ३०, २०७७ मंगलबार १९:२७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया