रुसी कम्पनीको दाबीः अगस्ट १४ पछि कोरोना भाइरसको भ्याक्सिन किन्न पाइने

काठमाडौं– रुसको एक कम्पनीले आफूले कोरोना भाइरसविरुद्धको भ्याक्सिन तयार गरेको दाबी गरेको छ । गमलेई इन्स्टिट्युट अफ एमिडेमियोलोली एण्ड माइक्रोबायोलोजी नामको कम्पनीले भ्याक्सिनको ह्युमन क्लिनिकल ट्रायल सफल भएको जनाएको छ । 

सो कम्पनीले अगस्टसम्ममा भ्याक्सिन संक्रमितहरुमा पुग्ने बताएको छ । सेचेनोभ मेडिकल युनिभर्सिटीले यो भ्याक्सीनको ट्रायल गरेको थियो । ह्युमन ट्रायलमा यो भ्याक्सिन मानिसका लागि सुरक्षित रहेको पाइएको कम्पनीको दाबी छ । 

विश्वमै पहिलो कोरोना भाइरसविरुद्धको भ्याक्सिन बताइएको यो भ्याक्सिन १८ जुनमा पहिलो चरणमा १८ जनामा ट्रायल गरिएको थियो । त्यसपछि २३ जुनमा भ्याक्सिन टेस्टको दोस्रो चरण सुरु भएको थियो ।

२० जना मानिसमा गरिएको ट्रायलमा सबै स्टेजमा भ्याक्सिनको ट्रायल सफल भएको जनाइएको छ । 





  • प्रकाशित मिति : असार ३०, २०७७ मंगलबार २०:५१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया