चार महिनापछि घरबाहिर मलाइका

बलिउड अभिनेत्री मलाइका अरोडा आजभोलि केही गर्नेवित्तिकै मिडियामा छाइहाल्छिन् । आफ्नो फिटनेस र फेसनका लागि चर्चित यी अभिनेत्री कोरोना लकडाउनका कारण घरमै थुनिएको चार महिना भयो । तर, अब उनी बाहिर निस्किन थालेकी छिन् ।

अनि यही कुरा पनि अब भारतीय मिडियामा समाचार भएर आउन थालेको छ । नआओस् पनि किन उनका सबै क्रियाकलाप अब निकै राम्रा गसिप बनिरहेका छन् ।

तर, यसपटक पनि उनी घरबाहिर निस्किँदा सुरक्षालाई ध्यानमा राखेकी छन् र आफ्नो सामाजिक सन्जालमा प्रशंसकहरुलाई पनि कोरोनाभाइरसबाट बच्न विशेष अपिल गरेकी छिन् ।





  • प्रकाशित मिति : असार ३०, २०७७ मंगलबार २३:११:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया