ब्रेसियामाथि जित निकाल्दै एटलान्टा दोस्रो स्थानमा उक्लियो

इटालियन सिरी ए फुटबलअन्तर्गत गएराति भएको खेलमा एटलान्टाले बे्रसियामाथि ६–२ को फराकिलो जित दर्ता गरेको छ ।

एटलान्टाको मैदानमा भएको खेलमा घरेलु टोलीका लागि मारियो पासालिचले ह्याट्रिक गर्दा डुभान जापाटा, मार्टिन डि रुन र रुस्लान मालिनोभस्कीले १–१ गोलको योगदान दिए । पाहुना टोलीका लागि इर्नेस्टो टोरेग्रोसा तथा निकोलस स्पालेकले १–१ गोलको योगदान दिए ।

खेलको दोस्रो मिनेटमा नै मालिनोभस्कीको पासलाई सदुपयोग गर्दै पासालिचले घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

८ औं मिनेटमा टोरेग्रोसाले ब्रेसियाका लागि बराबरी गोल गरेका थिए । २५ औं मिनेटमा रोविन गोसेन्सको पासलाई सदुपयोग गर्दै डि रुनले घरेलु टोलीलाई पुन: अग्रता दिलाए ।

एटलान्टाका लागि २८ मिनेटमा मालिनोभस्की तथा ३० औं मिनेटमा जापाटाले गोल गरे ।

५५ औं मिनेटमा पासालिचले व्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौ गोल गरे भने ५८ औं मिनेटमा इव्रिमा कोलीको पासलाई सदुपयोग गर्दै उनले ह्याट्रिक पूरा गरे ।
 पाहुना टोलीका लागि खेलको ८३ औं मिनेटमा स्पालेकले दोस्रो गोल गरे । उनले स्यान्ड्रो टोनलीको पासलाई सदुपयोग गरेका थिए ।



जितसँगै एटलान्टा ३३ खेलबाट ७० अंकको साथमा लिगको दोस्रो स्थानमा उक्लिएको छ भने पराजय बेहोरेको ब्रेसिया समान खेलबाट २१ अंकको साथमा १९ औं स्थानमा छ ।


 



  • प्रकाशित मिति : असार ३१, २०७७ बुधबार ७:३१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया