[भिडियो] राजेश हमालले भने– दीपाश्रीलाई माफी दिनुस् !

अभिनेता राजेश हमालले अन्ततः अहिले चलिरहेको विवादमा मुख खोलेका छन् । यसका लागि उनले सामाजिक सन्जाल फेसबुकको साथ लिएका छन् ।

गत राति फेसबुकमा एउटा भिडियो अपलोड गर्दै राजेश हमालले यसबारे मुख खोलेका हुन् । 

भिडियोमा राजेश हमालले अहिले कोरोनाभाइरसका कारण विश्वकै परिस्थिति फरक भएको बताएका छन् । अनि प्रसंग ल्याएका छन्, कला क्षेत्रको । ‘हामी कलाकार र दर्शकको नङ र मासुको सम्बन्ध हुन्छ ।’

त्यसपछि दीपाश्रीको नाम नलिइ भनेका छन्, ‘हालै मेरा सहकर्मीले दिएका केही अभिव्यक्तिले अहिले निकै आक्रोश देखिएको छ ।’

उनले झट्ट हेर्दा आफूलाई चित्त नदुखेको तथा आफ्नो भावनालाई ठेस पुर्याउने भएकाले कठोर र ठाडो प्रतिक्रिया दिइरहेका दर्शक तथा आफ्ना शुभचिन्तकलाई ती सहकर्मीलाई माफी गरिदिन अनुरोध गरेका छन् ।

‘एउटा व्यक्तिले विशेष इन्ट्रेस्टले लक्षित नभएर किन नहोस्, कुनै अभिव्यक्ति सार्वजनिक स्थलमा दिनुहुन्छ भने हामीले उसको मानवतामा आँच पुगोस् भन्ने सोच्नु हुँदैन,’ उनले भनेका छन्, ‘यस्ता किसिमका भनाइलाई नजरअन्दाज गरेर अगाडि बढ्ने सहिष्णुता ममा छ ।’



यो सहिष्णुता आफूले दर्शकहरुबाट पाएको उनले बताएका छन् । 

भिडियोमा उनले एकपटक पनि दीपाश्रीको नाम लिएका छैनन् । तर, आफ्ना शुभचिन्तकलाई उनले अनुरोध गरेका छन्– फराकिलो भएर सकारात्मक भएर मानवताका लागि र कसैको मानवतामा आँच नपुग्ने गरि आफ्ना अभिव्यक्ति प्रकट गर्नुहोला । 



उनले कला क्षेत्र राष्ट्रको र सबै दर्शकको पनि भएको बताएका छन् । ‘हामी मैदानमा उत्रिन्छौँ,’ उनले भनेका छन्, ‘तर, त्यसका लागि ऊर्जा त हामीलाई तपाईंहरुले (दर्शक) दिनुहुन्छ ।’

अनि फेरि उनले अनुरोध गरेका छन्– यो क्षेत्रका लागि, मानवताका लागि सकारात्मक भएर कृपया सम्बन्धित व्यक्तिलाई क्षमा दिनुहोला । 
 

हेर्नुस् भिडियाे: 

  • प्रकाशित मिति : असार ३१, २०७७ बुधबार ७:४७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया