रेखाको बंगला गरियो सिल, रेखाले मानिन् कोरोना टेस्ट गर्न

बलिउड अभिनेत्री रेखा अहिले आफ्नै घरमा क्वारेन्टिनमा छिन् । उनको घरका दुई सुरक्षा गार्ड र २ सहयोगीमा कोरोनाभाइरस पोजेटिभ देखिएको छ । उनीहरुमा कोरोनाभाइरस पोजेटिभ देखिएपछि रेखाको बंगला सिल गरिएको छ ।

उनको घरमा भेटिएका कोरोनाभाइरस संक्रमितलाई अहिले अस्पतालमा राखिएको छ । अनि उनको घरमा स्यानिटाइज गर्न खोजिएको छ । तर, रेखाले आफ्नो घरलाई स्यानिटाइज गर्न दिइनन् ।

त्यस्तै, रेखाले आफ्नो कोरोनाभाइरस परीक्षण गर्न पनि अस्वीकार गरेकी छिन् । उनले किन कोरोना परीक्षण गर्न मानिनन् भन्नेबारे केही खुलाइएको छैन ।





  • प्रकाशित मिति : असार ३१, २०७७ बुधबार ८:४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया