नेकपा विप्लव समुहका पूर्वी कमाण्डका सैन्य इन्चार्ज नन्दबहादुर बोहोरा पक्राउ आज परेका छन् । उनी मोरङ उर्लाबारी–३ स्थित आफ्नै घरबाट पेस्तोलसहित पत्राउ परेको प्रहरीले जनाएको छ ।
मोरङको मिक्लाजुङको रमितेमा निर्माणधिन सडक निर्माण कार्यमा प्रयोग भएका ३ वटा स्काइवेटरमा आगजनी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
आगजनी गरेको ६ महिनापछि बोहोरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।