एनसेलको ‘इन्डलेस कुराकानी प्लस’ अफर
प्रिपेड ग्राहकले एनसेल नेटवर्कभित्र प्रतिमिनेट ८ पैसासम्ममा कुरा गर्न सक्ने


एनसेलले ग्राहक लक्षित नयाँ योजना सार्वजनिक गरेको छ ।  प्रिपेड ग्राहकका लागि आफ्नो नेटवर्कभित्र अझ सुलभ दरमा भ्वाइस सेवा दिने उद्देश्यले कम्पनीले ‘इन्डलेस कुराकानी प्लस’ अफर ल्याएको  जनाएको छ । ​अफरअन्तर्गत प्रिपेड ग्राहकले सात दिन, १५ दिन वा ३० दिनको समयावधि रहेको भ्याइस प्याक खरिद गर्न सक्ने  कम्पनीले जनाएको छ ।

 

सात दिने प्याकमा ग्राहकले हरेक दिन सय मिनेट समयसिमा रहेको ७ सय मिनेट टक टाइम करसहित ९५ रुपैयाँ ७७  पैसा खरिद गर्न सक्ने जानकारी एनसेलले दिएको छ । त्यस्तै, १५ दिने प्याकमा करसहित १९१ रुपैयाँ ५४ पैसामा प्रत्येक दिन १२५ मिनेटको दरले १५ दिनमा एक हजार ८७५ मिनेट टक टाइम पाउने पनि कम्पनीको भनाइ छ ।


प्रतिदिन १ सय ५० मिनेटका दरले ४,५०० मिनेट टक टाइम भएको ३० दिने भ्वाइस प्याक ३८१ रुपैयाँ ७९ पैसामा खरिद गर्न सकिने एनसेलले जनाएको छ । योजनाअन्तर्गत ग्राहकले प्रतिमिनेट ८ पैसासम्ममा कुराकानी गर्न सक्ने कम्पनीको भनाइ छ ।

 

प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ७ ह्यास डायल गरी निर्देशनअनुसार प्याक सुचारु गर्न सक्नेछन्  भने एसएमएसबाट पनि प्याक सुचारु गर्न सकिने एनसेलले जनाएको छ । ७ दिने प्याक लिनका लागि ग्राहकले १००, १५ दिने प्याकको लागि १२५ र ३० दिन प्याकको लागि १५० टाइप गरी १७११८ मा एसएमएस पठाएर प्याक सुचारु गर्न सक्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।




एनसेलले आफ्नो नयाँ थिम ‘प्लस’अन्तर्गत फोरजी ग्राहकका लागि ‘ननस्टप युट्युव प्लस’अफर ल्याइसकेको छ भने ‘वायर फ्री प्लस वाइफाइ’ सेवाको बुकिङ सुरु गरी सकेको छ । ‘प्लस’थिमले नवीन र विशेष सेवाको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उद्देश्य लिएको कम्पनीको भनाइ छ ।
 



  • प्रकाशित मिति : असार ३१, २०७७ बुधबार १३:५०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया