नेपालमा २ लाख ९८ हजारको पिसिआर विधिबाट कोरोना परीक्षण

काठमाडौं– नेपालमा हालसम्म पिसिआर विधिबाट २ लाख ९८ हजार ८ सय २९ जनाको परीक्षण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा पिसीआर विधिबाट ५ हजार ९० वटा परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हाल देशभर २४ हजार ५ सय २७ जना क्वारेन्टिनमा छन् भने आइसोलेसनमा ६ हजार ११३ जना छन् ।

नेपालमा हालसम्म कोरोना भाइरसबाट ३९ जनाको मृत्यु भइसकेको छ ।





  • प्रकाशित मिति : असार ३१, २०७७ बुधबार १७:५०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया