पठाओका सहसंस्थापक फहिम सलेह मृत भेटिए

काठमाडौं– पठाओका सहसंस्थापक फहिम सलेह न्युयोर्कको अपार्टमेन्टमा मृत फेला परेका छन् । ३३ वर्षीय सलेह उक्त अपार्टमेन्टमा एक वर्षअघि सरेका थिए । 

उनको मृत्यु कसरी भयो भन्नेबारे आधिकारिक जानकारी आएको छैन । हात, खुट्टा, टाउको काटिएको अवस्थामा मंगलबार उनको शव फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् १९८६मा साउदी अरबमा जन्मेका उनी बंगलादेशी बुवाआमाका सन्तान हुन् । उनको परिवारै अमेरिका बसाइँ सरेको थियो ।

उनले अमेरिकामै कम्प्युटर इन्जिनियरिङ पढेका थिए । सन् २०१५ मा उनले दुईजना साथीहरुसँग मिलेर बंगलादेशमा राइड सेयरिङ कम्पनी पठाओ खोलेका थिए । 

पठाओले नेपालमा पनि सेवा सञ्चालन गरिरहेको छ । सो राइड सेयरिङ कम्पनी नेपालमा लोकप्रिय बन्दै गएको छ । 





  • प्रकाशित मिति : असार ३१, २०७७ बुधबार १८:५५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया