विप्लव नेकपाका सेती–महाकाली इञ्चार्ज पुन पक्राउ

धनगढी– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सेती महाकाली इञ्चार्ज ओमप्रकाश पुन पक्राउ परेका छन् । उनी सो पार्टीको केन्द्रीय सदस्य पनि हुन् । 

पुनसँगै अखिल नेपाल महिला संघ क्रान्तिकारीकी नेतृ पूर्णिमा धामी पनि पक्राउ परेकी छिन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुलाई धनगढीनजिकैको कनरी क्षेत्रबाट पक्राउ गरिएको हो । 

धामी र पुन दम्पती हुन् । उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद गरेको प्रहरीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।





  • प्रकाशित मिति : असार ३१, २०७७ बुधबार १९:१४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया