टुटल र पठाओको सञ्चालन अवैधानिकः महालेखापरीक्षकको कार्यालय

काठमाडौं– महालेखापरीक्षकको कार्यालयले टुटल र पठाओको सेवामाथि प्रश्न उठाएको छ । यी दुई राइडिङ सेयर कम्पनी इनोभेटिभ बिजनेस भन्दै अवैध रुपमा सञ्चालनमा रहेको महालेखापरीक्षकको कार्यालयको ठहर छ । 

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५७औँ प्रतिवेदनमा यातायात व्यवस्था विभागमा पञ्जीकृत भई सञ्चालन गर्नुपर्ने यस्ता सेवा पञ्जीकृत नभएको उल्लेख छ ।

‘हाल उपत्यकामा सञ्चालन भइरहेका पठाओ र टुटलजस्ता यातायात सेवा विभागमा पञ्जीकृत नगरी सञ्चालन भएको देखिएकाले यस्ता सवारीसाधन पञ्जीकृत गरी सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्ने कार्यालयको भनाइ छ । 

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ९३ मा यातायात सेवाको नाम विभागमा पञ्जिकृत नगरी सार्वजनिक सवारी यातायात सेवा सञ्चालन नहुने व्यवस्था छ ।

यसअघि यातायात व्यवस्था विभागले पटक–पटक सूचना जारी गर्दै एप्लिकेसनमार्फत भाडा लिएर यात्रु बोक्ने मोटरसाइकल चलाउन रोक लगाएको थियो । सो कदमको सबैतिरबाट विरोध भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ती कम्पनीको सेवा नरोक्न निर्देशन दिएका थिए । 





  • प्रकाशित मिति : असार ३१, २०७७ बुधबार १९:२७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया