मेलम्ची खानेपानीको सुरुङमा हराएका इन्जिनियर मृत भेटिए

काठमाडौं- मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका क्रममा बेपत्ता भएका दुईमध्ये एकजनाको शव भेटिएको छ । परीक्षणका क्रममा सुरुङको १७ नं गेट फुट्दा मंगलबार दिउँसो दुईजना बेपत्ता भएका थिए ।

तीमध्ये अन्दाजी २५ वर्षीय इन्जिनियर सतीश गोहितको शव आज अपराह्न ४ बजे मेलम्ची नगरपालिका–११ स्थित पाल्चोकी क्रसरनजिकै भेटिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।

अर्का बेपत्ता भएका आयोजनामा कार्यरत अन्दाजी ५५ वर्षीय सवारीचालक राधाकृष्ण थापा मगरको खोजी जारी रहेको पनि उनले बताए ।





  • प्रकाशित मिति : असार ३१, २०७७ बुधबार १९:४९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया