ओलीलाई हटाउने धम्की नदिन दाहाल–नेपाल पक्षलाई गोकुल बाँस्कोटाको चेतावनी

काठमाडौं– प्रधानमन्त्री केपी ओलीको अत्यन्त विश्वासपत्रका रुपमा मानिएका पूर्वमन्त्री तथा सांसद गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हठात हटाउने धम्की नदिन अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षलाई चेतावनी दिएका छन् । 

पूर्वमन्त्री बाँस्कोटाले सामाजिक सञ्जालमार्फत यस्तो चेतावनी दिएका हुन् । दाहाल–नेपाल समूहले ओलीको राजीनामा मागेकोप्रति इंगित गर्दै उनले ओलीलाई हटाउने धम्की दिनुभन्दा मिल्नु र मिलाउनुमै नेकपा र देशको हितमा हुने उल्लेख गरेका छन् । 

यद्यपि, उनले दाहाल र नेपालको नाम उल्लेख गरेका छैनन् । उनले महिनैपिच्छेको वार्ताको फण्डाविनाको सुदृढ एकता कायम गर्नु राम्रो हुने उल्लेख गरेका छन् । 

सामाजिक सञ्जालमा बाँस्कोटाले लेखेका छन्, ‘धोवीले कुरा काट्यो, मैले सीता (श्रीमती) छााडिदिएँ भनेर रामले भनेजस्तो होइन, केपी ओलीले दुवै पद छोडने कुरा । हठात हटाउने कुराको धम्की दिइरहनु भन्दा मिल्नु र मिलाउनमै नेकपा र देशको सुदूरसम्मको हितमा होला । महिनैपिच्छेको वार्ताको फण्डाबिनाको सुदृढ एकता कायम गरेको राम्रो ।’





  • प्रकाशित मिति : असार ३१, २०७७ बुधबार २१:६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया