काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवा पार्टीको १४औँ महाधिवेशनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न भएको आरोप लगाएको छ । बुधबार अनामनगरमा सम्पन्न पौडेल पक्षीय भेलाले यस्तो निष्कर्ष निकालेको हो ।
भेलामा वरिष्ठ नेता पौडेल, महामन्त्री डा। शशांक कोइराला, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, अर्जुनरसिंह केसी, डा. मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडूलगायत नेता सहभागी थिए ।
उनीरुले संस्थापन पक्षले पार्टी प्रवेशका नाममा जथाभावी क्रियाशील सदस्यता वितरण गर्न लागेको आरेप लगाएका छन् । पौडेल समूहले यसरी जथाभावी क्रियाशील सदस्यता वितरण रोक्नुपर्ने पनि निष्कर्ष निकालेको छ ।
संस्थापन पक्षले आफूसँग असहमत पक्षलाई अनुशासनका नाममा कारबाही गरेर तर्साउने काम गर्न थालेको भेलाको निष्कर्ष छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।