माइक्रो ब्लगिङ साइट ट्विटर बिहीबार विहान ह्याकरहरुको टार्गेटमा परेको छ । ट्विटरमा विश्वका सबैभन्दा धनी व्यक्तिहरुदेखि नेताहरु र विभिन्न कम्पनीका एकाउन्ट ह्याक भएको छ । यो ह्याक बिटक्वाइन कारोबार गर्नेहरुले गरेको खुलेको छ ।
किनकि यसरी ह्याक भएका ट्विटर एकाउन्टहरुमा बिटक्वाइन ट्रान्सफर गरे केही समयमा त्यसको डबल उपलब्ध गराउने दाबी गरिएको थियो ।
यसरी ट्विटर ह्याक हुनेहरुमा अमेरिका पूर्वराष्ट्रपति बाराक ओबामा, सेलेब्रिटी कान्ये वेस्ट, व्यवसायी वारेन बफेट, जेफ बेजोस, एप्पललगायतका ट्विटर एकाउन्ट रहेका छन् ।
‘सबैले मलाई फिर्ता दिन अनुरोध गरिरहेका छन् र यो समय हो,’ गेट्सको ट्विटरमा लेखिएको थियो र भनिएको थियो कि दोब्बर बिटक्वाइन पैसा फिर्ता गरिनेछ ।
यसबारे ट्विटरले अनुसन्धान सुरु गरेको बताएको छ ।
ट्विटरमा विभिन्न एकाउन्टहरु ह्याक हुने क्रम जारी रहेको छ ।
केही अन्तर्राष्ट्रिय मिडियाले प्रविधिमा यो सबैभन्दा ठूलो ह्याक भएको टिप्पणी गरेका छन् । अहिले ह्याक भएका एकाउन्टहरुको ट्विटर डिलिट गरिएको छ र ट्विटरले यसबारे अनुसन्धान सुरु गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।