ट्विटरकै कर्मचारीले ट्विटर ह्याक गरेको हुनसक्ने विश्लेषण

बिहीबार विहान विश्वभरलाई अचम्ममा पार्दै माइक्रो ब्लगिङ साइट ट्विटरमा एउटा ट्विट निकै छोटो समयमा ठूला प्रोफाइलहरुमा देखियो । यी ठूला प्रोफाइल इलन मस्कदेखि बाराक ओबामासम्म र जेफ बेजोसदेखि जो वाइडेनसम्मका थिए ।

सबैको ट्विटमा एउटै कुरा थियो– क्रिप्टोकरेन्सी बिटक्वाइनलाई दोब्बर बनाउने योजना ।

कोरोनाभाइरसका कारण आफूहरुले ३० मिनेटसम्म आफ्नो एकाउन्टमा आएको बिटक्वाइनलाई दोब्बर बनाउने भन्दै ठूला व्यक्तिहरुको भेरिफाइड ट्विटरमा यस्तो पोस्ट भएको थियो । 

पोस्ट भएको केही मिनेटमा नै ट्विटरले यसलाई हटाएको छ । 

तर, झन्डै ५० भन्दा बढी व्यक्तिहरुको ट्विटरमा यस्तो मेसेज कसरी आयो त ? विश्वमा प्रविधिमा सबैभन्दा ठूलो ह्याकमध्येको एक यो ट्विटरकै कर्मचारीका हुनसक्ने विश्लेषण गरिएको छ । 

‘अन्यथा यो सम्भव थिएन र सबै एकैपटक सम्भव देखिँदैन,’ बिबिसीका प्रविधि रिपोर्टर जोन टिडीले लेखेका छन्, ‘कसैले ट्विटरमा एडमिनको एक्सेस पाएर यो गरेको हुनसक्ने सम्भावना पनि उत्तिकै छ ।’





  • प्रकाशित मिति : साउन १, २०७७ बिहीबार ४:२५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया