लिग च्याम्पियन लिभरपुरको तेस्रो हार

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिग विजेता लिभरपुलले तेस्रो हार बेहोरेको छ । लिभरपुल आर्सनलसँग २–१ ले पराजित भएको हो ।

आर्सनलको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीका लागि एलेक्जेण्डर लाकाजेट तथा रेइस नेल्सनले १–१ गोलको योगदान दिँदा पाहुना टोलीका लागि साडियो मानेले एक गोल गरे ।

खेलको सुरुवाती अग्रता भने पाहुना टोलीले लिएको थियो । खेलको २० औं मिनेटमा एन्ड्रियु रोवर्टसनको पासलाई मानेले गोलमा परिणत गरेका थिए ।

३२ औं मिनेटमा लाकाजेटले आर्सनलका लागि बराबरी गोल गरेका थिए । त्यस्तै, ४४ औं मिनेटमा नेल्सनले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । उनले लाकाजेटको पासलाई सदुपयोग गरेका थिए ।

जितसँगै आर्सनल ३६ खेलबाट ५३ अंकको साथमा ८ औं स्थानमा रहँदा यसअघि नै लिग जितिसकेको लिभरपुलको ९३ अंक छ ।

गएराति नै भएका अन्य खेलमा म्यानचेस्टर सिटीले बर्नेमाउथमाथि २–१ तथा टोटनह्यामले न्युक्यास्टल युनाइटेडमाथि ३–१ को जित निकाल्दा बर्नली र वुल्भ्सले १–१ गोलको बराबरी खेले ।





  • प्रकाशित मिति : साउन १, २०७७ बिहीबार ८:८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया