सुराकी गरेको नाममा गृहमन्त्री तथा गृहसचिवले मासिक ६–६ गर्ने गरेकोप्रति लेखक तथा साहित्यकार खगेन्द्र संग्रोलाले कटाक्ष गरेका छन् ।
संग्रौलाले गृहमन्त्री रामबहादुर थापा बादल र गृहसचिव –तत्कालिन गृहसचिव (पूर्व गृहसचिव प्रेमकुमार राई)लाई धेरै खान सक्ने भनेर अगस्तिको संज्ञा दिएका छन् ।
आज बिहान ट्विट गर्दै संग्रौलाले गृहमन्त्री र गृहसचिव खानका काल भएकाले जनताले उनीहरुकै सुराकी गर्नुपर्ने बताएका हुन् ।
‘आम्मा मा..मा..! गृहमन्त्री बादल र गृहसचिव कुहिरो मासिक ६–६ लाख रूपैयाँ सुराकी खर्च गर्दै रहेछन् । होइन,यी के प्रयोजनका लागि कुन माध्यमले कसको सुराकी गर्दैछन् ?’, उनको प्रश्न छ, ‘मासिक ६–६ लाख रुपैयाँ कसरी पचाउँदा रहेछन् ! सुराकी त यी खानका कालकै पो गर्नुपर्ने भो है, मान्यवर ! हैट्, यी अगस्तिले सक्ने भए !’
खर्चका नाममा गृह मन्त्रालयमा बेथिति बढ्दै गएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्षमा गृहमन्त्री र गृहसचिवले सुराकीका नाममा मासिक ६–६ लाख रुपैयाँ खर्च गरेको उसको दाबी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।