स्पेनिस फुटबलको महारथी रियल म्याड्रिड यतिवेला आप्mनो ३४ लिग उपाधिबाट मात्र एक कदम पछाडि छ ।
लिगको २ चरणका खेल बाँकी रहँदा रियलले दोस्रो स्थानको बार्सिलोनासँग ४ अंकको दूरी बनाएको छ । समान ३७ खेल खेलेको रियलले ८३ अंक जोड्दा बार्सिलोनाले ७९ अंक जोडेको छ ।
रियलले आज हुने खेलमा भिल्लारियलको सामना गर्दैछ । नेपाली समयअनुसार राति पौने १ बजे रियलको बैकल्पिक मैदान इस्टाडियो अल्फ्रेडो डि स्टेफानोमा हुने खेलमा जित हात पार्न सके रियल १ खेल अघिनै लिग च्याम्पियन बन्नेछ ।
यता उपाधि दौडमा रहेको बार्सिलोनाले पनि आजै क्याम्प नाउमा ओसासुनाको सामना गर्ने छ ।
आजको खेलमा दुबै टोलीको जित तथा बार्सिलोनाको हार वा बराबरी भएमा अन्तिम खेलको नजिताले कुनै असर गर्ने छैन । तर रियलले बराबरी वा हार बेहोरेको खण्डमा भने अन्तिम खेलको नतिजामा भर पर्नु पर्ने हुन्छ ।
यदि आजको खेलमा रियलको हार भएर बार्सिलोनाको जित भएमा रियललाई अन्तिम खेल जित्नै पर्ने दवाव हुनेछ भने रियलले बराबरी खेलेमा अन्तिम खेलमा पनि उसलाई बराबरी खेले पुग्छ ।
सन् १९२९ बाट सुरु भएको लिगमा रियलले सर्वप्रथम १९३१–१९३२ को सिजनमा उपाधि जितेको थियो । रियलले पछिल्लोपटक २०१६–२०१७ को सिजनमा उपाधिमाथि कब्जा जमाएको थियो ।
हालसम्म रियलले सवार्धिक ३३ पटक लिग उपाधि हात पार्दा बार्सिलोनाले २६ पटक मात्र जितेको छ ।
आज नै हुने अन्य खेलमा तेस्रो स्थानको एथ्लेटिको म्याड्रिडले गेटाफेको सामना गर्दा चौथो स्थानको सेभिल्ला पनि रियल सोसिडाडसँग आमने–सामने हुनेछन् ।
भ्यालेन्सिया र स्पानियोलले पनि आज नै एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । सबै खेल नेपाली समय अनुसार राति पौने १ बजे नै हुनेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।