प्रचण्ड र नेपालले ओलीलाई भने, ‘पहिले राजीनामा दिनुस्’

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तीन नेताहरुको बालुवाटारमा भएको वार्ता सकिएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरेपछि आजको वार्ता विना निष्कर्ष सकिएको हो ।

गत असार १० गतेदेखि सुरु भएको पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरु नेपाल, झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए ।

तर, ओलीले सुरुदेखि नै आफूले दुवै पदबाट राजीनामा नदिने अडान लिँदै आएका छन् । आज पनि त्यही अडान लिएका कारण वार्ता विना निष्कर्ष टुंगिएको प्रचण्ड निकट एक नेताले फरक धारलाई बताए ।

प्रधानमन्त्री ओली र प्रचण्डले वान टु वान वार्ता गर्ने भनेपछि पछिल्ला केही छलफल दुई नेतामा मात्र सीमित भएको थियो । तर, आज वरिष्ठ नेता माधव नेपाल पनि थपिएका थिए ।


 





  • प्रकाशित मिति : साउन १, २०७७ बिहीबार १५:१४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया