अब अनलाइनबाटै ‘नो अब्जेक्सन लेटर’ पाइने, आवेदन पनि अनलाइनबाटै

काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेश पढ्न जान चाहने विद्यार्थीका लागि अनलाइनबाटै वैदेशिक अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर) दिने भएको छ ।

अब आवेदन पनि अनलाइनबाटै दिन सकिने भएको छ । यसअघि मन्त्रालयको केशरमहलस्थित वैदेशिक अनुमति शाखामा पुगेर आवेदन दिनुपर्ने व्यवस्था थियो । 

सरकारले विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई अनुमति दिने निर्णय गरेपछि मन्त्रालयले अनलाइन आवेदन दिने व्यवस्था गरेको हो ।

मन्त्रालयकी सहप्रवक्ता दिव्या दवाडीका अनुसार एनओसी लिन चाहने विद्यार्थीले मन्त्रालयको तोकेको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् । उनका अनुसार आवेदन स्वीकृत भए नभएको बारे पनि विद्यार्थीलाई अनलाइनबाटै जानकारी दिइनेछ ।

आवेदकलाई एनओसी लिने मिति इमेलमार्फत जानकारी गराइने र विद्यार्थीले तोकिएको बैंकमा दस्तुर जम्मा गर्नुपर्नेछ । अनुमति पत्र लिन भने विद्यार्थी शाखामा उपस्थित हुनुपर्नेछ । 





  • प्रकाशित मिति : साउन १, २०७७ बिहीबार १७:५४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया