लामो समयपछि फर्कियो अन्तर्राष्ट्रिय क्रिकेट, के भन्छन् खेलाडी ?

एजेन्सी– विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण करिब ५ महिना रोकिएको विश्वकै लोकप्रिय खेल क्रिकेट जुलाई ८ बाट पुन: चालू भएको छ ।
वेस्ट इण्डिज तथा इंग्ल्याण्डबीचको पहिलो टेस्ट खेलमार्फत लामो समयपछि अन्तर्राष्ट्रिय क्रिकेट फर्किएको हो ।

क्रिकेट फर्किएपछि खुसी व्यक्त गर्दै केही खेलाडीले सामाजिक सञ्जालमा भावना पोखेका छन् । 

इंग्ल्याण्डका कप्तान जो रुटले लेखेका छन्, ‘सायद यसले केही महिनादेखि क्रिकेटमा लागेको खियालाई ​त हटाउन नसक्ला, तर पनि क्रिकेट फिर्किएकोमा सबैजना उत्साहित छौँ, केही स्वास्थ्य नियम पालना गर्दै विश्वकै सबैभन्दा उत्कृष्ट खेल क्रिकेटको मज्जा लिऊँ ।’

त्यस्तै, इंग्ल्याण्डकै खेलाडी जोनी वेरिस्टोले ‘सबैजना उत्साहित छौँ, केही महिनापछि क्रिकेट फर्किंदै छ, सबैले यसको मज्जा लिऊँ र यो सुन्दर दिनको सबैलाई शुभकामना !’ भन्दै पोस्ट गरेका छन् ।
 
साउथ अफ्रिकाका पूर्वखेलाडी एबिडी भिल्लरले लेखेका छन्, ‘अन्तर्राष्ट्रिय क्रिकेट फर्किएको छ, हामी पनि १८ जुलाईमा तीन टिम सम्मिलित सोलिडारिटी कप खेल्दै छौँ, हामीलाई हेरेर साथ दिनुहोला ।’ 

भारतीय क्रिकेट खेलाडी रोहित शर्माले पोस्ट गरेका छन्–लामो समयपछि क्रिकेट फर्किएको छ, इंग्ल्याण्डबाट राम्रो संकेत आएको छ, कसैलाई क्रिकेट खेलिरहेको हेर्नु निकै राम्रो कुरा हो । दुवैै टिमलाई शुभकामना ! मैले आफैँलाई रोक्न सकिरहेको छैन ।





  • प्रकाशित मिति : साउन १, २०७७ बिहीबार १८:७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया