नेकपाको स्थायी कमिटी बैैठक सुरु हुँदै, त्यसअघि ओली–प्रचण्ड छलफलमा
फाइल तस्वीर ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आज स्थायी कमिटी बैठक हुने भएको छ । सात दिन स्थगित भएपछि आज तय भएको स्थायी कमिटी बैठकअघि नै नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुने बताइएको छ । 

११ बजे बोलाइएको स्थायी कमिटी बैठकअघि नै दुई अध्यक्षले सामान्य छलफल गर्ने तय भएको नेकपाका एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन् । 

तर, स्थायी कमिटीका अधिकांश सदस्यले नेकपामा पछिल्लो समय देखिएको विवादमा दुई अध्यक्ष तथा नेताबीच कोठे बैठक भइरहेको भन्दै यसको विरोध पनि गरेका छन् ।





  • प्रकाशित मिति : साउन २, २०७७ शुक्रबार १०:०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया