भारतीय मिडियामा टिप्पणी– प्रधानमन्त्री ओली पछाडि सरे

भारतले अतिक्रमण गरेको भूमि नेपालले फिर्ता ल्याउनका लागि आफ्नो नयाँ नक्सामा समावेश गरेपछि भारतीय मिडियाले नेपालका घटना र गतिविधिलाई निकै प्राथमिकता दिन थालेका छन् । विशेषगरि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबारे भारतीय मिडियाले लेखिरहेका छन् । 

कतिसम्म भने पछिल्लो समय नेकपाको स्थायी कमिटी बैठक र विवादलाई पनि भारतीय सन्चारमाध्यमले निकै प्राथमिकताका साथ प्रकाशन गरिरहेका छन् ।

यहीबीच आज नेकपा स्थायी कमिटी बैठक स्थगित भएको समाचारलाई पनि भारतीय मिडियाले प्राथमिकतामा राखेका छन् । भारतीय मिडियाले प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएका विवादलाई पनि अब विशेष चासोका साथ हेर्न थालेका छन्, यसबारे टिप्पणी गर्न थालेका छन् ।

यहीबीच प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले जारी रहेको विवादमा हार मानेको भारतीय मिडिया लाइभहिन्दुस्तानडटकमले उल्लेख गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अब हार मानेर उनी पछाडि हट्न खोजेको टिप्पणी यो मिडियाले गरेको हो । लाइभहिन्दुस्तानमा त कतिसम्म लेखिएको छ भने प्रधानमन्त्री ओलीले आफ्नो विकल्प को हो त भन्ने प्रश्न अब नेकपा नेताहरुलाई गर्न थालेको उल्लेख गरिएको छ ।





  • प्रकाशित मिति : साउन २, २०७७ शुक्रबार २१:२९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया